images
images
  • गुल्मीमा टिपर दुर्घटनामा हुँदा एक जनाको मृत्यु, एक जना घाइते

    गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकामा टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । गएराति भएको दुर्घटनामा अर्का एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

    रिडीबाट पूर्तिघाट तर्फ जाँदै गरेको लु१क ५४०० नम्बरको टिपर सत्यवती गाउँपालिका – २ को पाहादीस्थित कालिगण्डकी करिडोरमा दुर्घटना हुँदा टिपर चालक पाल्पाको रैनादेवि छहरा गाउँपालिका – १ निवासी २४ वर्षीय श्रीराम कुमालको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार दुर्घटनामा परि सल्यानको वनगाउँ–७ बस्ने २३ वर्षका मोहन जैसी घाइते भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images