images
images
  • पेट्रोल भरेर स्टार्ट गर्ने क्रममा अचानक आगलागी, मोटरसाइकल जलेर नष्ट

    गुल्मी । गुल्मीमा पेट्रोल राखेर स्टार्ट गर्ने क्रममा अचानक मोटरसाइकलमा आगलागी भएको छ । आगलागी हुँदा मोटरसाइकल जलेर जष्ट भएको छ ।

    आगलागी भएको मोटरसाइकल गुल्मी गुल्मीदरबार–४ बस्ने बर्ष ३० को कृष्ण बुचाको हो ।

    जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलका अनुसार बुचाले तम्घास बसपार्कस्थित शिव शक्ति आयल स्टोर्समा पेट्रोल भरिसकेपछि स्टार्ट गर्न लाग्दा लु८प १०५३ नम्बरको मोटरसाइकलमा आगो लागेको हो ।

    आगलागीबाट मोटरसाइकल जलेर पूर्णरूपमा क्षति भएको उनले बताए । मानवीय क्षति भने हुन नपाएको उनले बताए ।

    मोटरसाइकलमा लागेको आगो नेपाल प्रहरी र रेसुङ्गा नगरपालिकाका नगर प्रहरीले नियन्त्रणमा लिएका थिए ।

    मोटरसाइकल जलेर नष्ट भए पनि पेट्रोल पम्पलगायत वरपरको क्षेत्र क्षती हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images