images
images
  • आतंक सिर्जना गर्नेलाई तह लगाउन युथ फोर्स जन्मियो : महासचिब पोखरेल

    काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) महासचिव ईश्वर पोखरेलले आतंकको राज रोक्नका लागि युथ फोर्स जन्मिएको बताएका छन् । शनिबार राजधानीमा आयोजित युथफोर्स भ्याली कमाण्डर घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै पाखरेलले यस्तो बताएका हुन ।

    पोखरेलले युथफोर्स आतंकको स्रोत नभइ आतंक सिर्जना गर्नेलाई तह लगाउने सांगठन भएको बताए। ‘युथफोर्स आतंकको स्रोत होइन, कोही आतंक सिर्जना गर्न चाहान्छन् भने त्यसलाई ठेगान लागउने संगठन हो,’ उनले भने, ‘ हामी कानुनी शासनलाई मान्छौं । कानुन हातमा लिँदैनौं ।’

    आफ्ना नेता कार्यकर्तालाई ज्यादती र आतंकबाट जोगाउँदै सुरक्षाको प्रत्याभूतिका लागि तत्कालीन समयमा युथ फोर्स जन्मिएको बताए । माओवादी आतंक बढिरहेको समयमा जनताको सुरक्षाका लागि युवाहरुको शक्तिको जन्म भएको उनको भनाइ थियो ।

    अहिलेको अवस्थामा पनि एक प्रकारको राजनीतिक आतंक सिर्जना हुने अवस्था देखिएकाले युथ फोर्सको सान्दर्भिकता देखिएको महासचिव पोखरेलले बताए । उनले युथ फोर्स जनताको पक्षमा काम गर्न तथा खबरदारी गर्नका लागि फेरि ब्यूँतिएको बताए ।

    महासचिव पोखरेलले अहिलेको सत्तारुढ गठबन्धनले जनताको विपक्षमा, राजनीतिक रुपमा गडबडी गर्न थालेमा युथ फोर्सले त्यसलाई रोक्नुपर्ने जिम्मेवारी आएको बताए । उनले अघिल्लो सरकारले गरेका राम्रा कामलाई प्रचार र लागु गर्नका लागि पनि युथ फोर्सले काम गर्नुपर्ने बताए ।

    अब युथ फोर्सले आतंकविरुद्ध लड्दै देश र जनताको पक्षमा काम गर्नुपर्ने पोखरेलले बताए । उनले जनताको कृषि तथा औद्योगिक उत्पादन, वितरण र स्वरोजगार तथा आयस्तर वृद्धिका लागि युथ फोर्सले काम गर्नुपर्ने बताए ।

    जनताले राम्रो नठान्ने काम नगर्नू
    महासचिव पोखरेलले हालसालै ब्युँताइएको युथ फोर्सलाई जनताले राम्रो नठान्ने काम नगर्न निर्देशन दिएका छन् ।

    पाखरेलले युथफोर्स फरक परिवेशमा गठन भएको भए पनि परिवर्तित परिस्थिति अनुसार काम गर्नुपर्ने बताए।

    ‘परिवर्तित सन्दर्भमा जनतासँग जोडिने, जनताले नचाहेको काम नगर्ने, जनतालाई उत्पादनसँग जोड्ने, स्वरोजगारसँग अभियान चलाउने काम तपाईंहरुले गनुपर्छ,’ उनको निर्देशन छ, ‘भ्रष्टाचार विरुद्ध अभियान चलाउनुपर्छ ।’

     स्वरोजगार र उत्पादनमा जनतालाई सघाउन निर्देशन 
    महासचिव  पोखरेलले जनताको प्रत्यक्ष जनजीवनमा जोडिने गरी काम गर्नका लागि निर्देशन दिएका छन् ।  उनले तत्कालीन समयमा जनताको सुरक्षाका लागि स्थापित युथ फोर्सलाई अब जनजीविकाका सवालमा जनताको पक्षमा खडा रहन निर्देशन दिए ।

    महासचिव पोखरेलले अब युथ फोर्सको मुख्य जिम्मेवारी भनेको जनताको कृषि तथा औद्योगिक उत्पादन, वितरण र स्वरोजगार तथा आयस्तर वृद्धिका लागि काम गर्नु रहेको बताए । उनले जनतासँगै बसेर एमालेलाई बिस्तार गर्दै जनताको काममा लाग्नका लागि युथ फोर्सका नेताहरुलाई निर्देशन दिए ।

    सभामा बोल्दै महासचिव पोखरेलले अहिलेको अवस्थामा पनि एक प्रकारको राजनीतिक आतंक सिर्जना हुने अवस्था देखिएकाले युथ फोर्सको सान्दर्भिकता भएको बताए । उनले युथ फोर्स जनताको पक्षमा काम गर्न तथा खबरदारी गर्नका लागि फेरि ब्यूँतिएको बताए ।

    महासचिव पोखरेलले अहिलेको सत्तारुढ गठबन्धनले जनताको विपक्षमा, राजनीतिक रुपमा गडबडी गर्न थालेमा युथ फोर्सले त्यसलाई रोक्नुपर्ने जिम्मेवारी आएको बताए । उनले अघिल्लो सरकारले गरेका राम्रा कामलाई प्रचार र लागु गर्नका लागि पनि युथ फोर्सले काम गर्नुपर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images