काठमाडौं। सर्वोच्च अदालतले ट्राफिक नियम उल्लङ्घनका आधारमा सवारी चालकको लाइसेन्स, ब्लुबुक वा चाबी जफत गर्नु गैरकानुनी ठहर गरेको छ। अदालतले यस्तो कार्य रोक्न गृह मन्त्रालय र ट्राफिक प्रहरीलाई निर्देशन दिएको छ।
अब ट्राफिक प्रहरीले कागजपत्र नियन्त्रणमा नलिई केवल जरिवाना गर्न पाउने व्यवस्था लागू हुनेछ। यो निर्णय सवारी तथा यातायात व्यवस्था ऐन, २०४९अनुसार कानुनभन्दा बाहिर गएर गरिएको अभ्यास रोक्न गरिएको हो।
यस निर्णयसँगै चालक र ट्राफिक दुवैलाई झन्झट घट्ने तथा कानुनी शासन बलियो हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्























