images
images
  • जनहितका लागि अध्यादेश ल्याइएकाे हाे : असिम शाह

    काठमाडाैं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहले सरकारले ल्याएका अध्यादेश कुनै व्यक्ति वा स्वार्थ समूहका लागि नभई नागरिकको हितका लागि भएको स्पष्ट पारेका छन्।

    अध्यादेशलाई लिएर चौतर्फी आलोचना भइरहेका बेला उनले राज्य संयन्त्रलाई प्रभावकारी बनाउन र जनसरोकारका कामलाई तीव्रता दिन यस्तो कदम चालिएको दाबी गरेका हुन्।

    उनले कानुनी जटिलताका कारण विकास र सेवा प्रवाहका काम रोकिन नहुने लोकतान्त्रिक मान्यता अनुसार सरकारले फास्ट ट्रयाकमा निर्णय लिएको बताएका छन्। साथै, वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकबाट पारित अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पठाइएको जानकारी दिएका छन्।

    सल्लाहकार शाहका अनुसार सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रणालीमा देखिएका नीतिगत अवरोध हटाउन अध्यादेश ल्याइएको हो। उनले राजनीतिक नियुक्ति पाएका पदाधिकारीलाई मार्ग प्रशस्त गर्न आह्वान गरिएको भए पनि कार्यसम्पादनमा समस्या देखिएपछि अन्ततः अध्यादेशको विकल्प रोजिएको बताएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images