हुम्ला । कर्णाली प्रदेशसभाको सचिवमा डा. अर्जुनकुमार खड्का नियुक्त भएका छन्। सभामुख नन्दा गुरुङले उनलाई उक्त पदमा नियुक्त गरेकी हुन्।
नेपाल सरकारका पूर्वसहसचिव खड्कासँग कानुन र न्याय क्षेत्रमा लामो अनुभव छ।
उनले संघीय संसद् सचिवालयमा पाँच वर्ष कानुनी सहसचिवका रूपमा काम गरेका थिए भने संविधान निर्माणका क्रममा मस्यौदा समितिमा समेत सक्रिय भूमिका निभाएका थिए।
नवनियुक्त सचिव खड्काले मंगलबार नै पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रतिक्रिया दिनुहोस्






















