images
images
  • वैदेशिक रोजगारीले दिएको पीडा: मलेशियाबाट आयो २४ को शव,३ जनाको अस्तु (फोटो-कथा )

    काठमाडौ ।   लकडाउनको समयमा मलेसियामा मृत्यु भएकामध्ये २७ जना नेपाली कामदारको शव शनिबार बिहान त्रिभुवन विमानस्थलमा आइपुगेको छ । जसमा ३ जनाको अस्तु मात्रै छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगेका विभिन्न समयमा मृत्यु भएका नेपालीहरुको  शनिबार बिहान त्रिभुवन विमानस्थल आइपुगेका हुन् । आफन्तको शव र अस्तु लिन विमानस्थल पुगेका परिवार र आफन्त पीडामा थिए ।

    मलेसियास्थित नेपाली दूतावासका अनुसार अन्तर्राष्ट्रिय उडान रोकिएकोले समयमा नै शव पठाउन नसकिएको हो । लामो समयसम्म सरकारले नेपाल एअरलाइन्सको वाइडबडी जहाज नपठाइदिएकोले मलेसियामा मृतक कामदारको शव ल्याउन सकिएको थिएन ।

    दूतावासका अनुसार मृत्यु हुनेमध्ये अधिकांशले आत्महत्या गरेका थिए । त्यसबाहेक औद्योगिक दुर्घटना, सडक दुर्घटना र क्रोनिक रोगहरुबाट मृत्यु भएको थियो । यी शवहरुलाई नेपाल एअरलाइन्सको उडान नम्बर ४१६ को वाइडबडीबनाट ल्याइएको हो ।

    थुप्रै शव एकैपटक आउँदा विमानस्थल क्षेत्र विहान भावबिह्वल र चकमन्न बनेको थियो । शव लिन आएका अधिकांश साथीभाइ र आफन्तजनका आँखामा आँशु थामिएको थिएन ।

    क–कसको शव आयो ? 
    बुद्धिराम कामी( सल्यान), मनीराम चौधरी( बर्दिया), कर्णबहादुर बुढाथोकी( बैतडी),सन्दीप विक,प्रमोद विक सुनील बीसी( बाग्लुङ), झापटबहादुर थापा( तनहुँ), दलबहादुर मोक्तान( पाँचथर), कृष्णकुमार राई( ललितपुर), होमबहादुर गुरुङ( सुनसरी),रामचरित्र कानु( बारा) अमरबहादुर माझी( सिन्धुपाल्चोक), लोकबहादुर शाही( दैलेख), रुपेशपुलामी मगर( सिरहा), श्यामु थारु( कपिलवस्तु), सोमरबहादुर तामाङ( ओखलढुङ्गा), शम्भु विक( झापा), कमलादेवी भण्डारी( मोरङ), लोकबन्धु लावती( झापा), मति तामाङ( नवलपरासी), यमबहादुर सनारी( पाल्पा), दलमान तामाङ( ओखलढुङ्गा), गोविन्द बोहरा( झापा)। अस्तु ल्याइएका ( मोहनप्रसाद चौधरी( नवलपरासी), मीनबहादुर विष्ट( डढेलधुरा), रोशनकुमार यादव( सिरहा) ।

    Malesia 3

    Malesai 5Malesia

    \Malesia 1Malesia 4

    प्रतिक्रिया दिनुहोस्
    images
    images