images
images
  • सीमा भन्सार विवादमा सर्वोच्च अदालतले सरकारलाई छलफलमा बोलायो

    काठमाडौं । नेपाल–भारत सीमा नाकाबाट १०० रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याउँदा भन्सार शुल्क लगाउने सरकारी निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालत ले सरकारलाई छलफलका लागि बोलाएको छ।

    न्यायाधीश नृपध्वज निरौला को इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अर्थ मन्त्रालयसँग लिखित जवाफ माग्दै अन्तरिम आदेशबारे बहस गर्न निर्देशन दिएको हो।

    अधिवक्ताहरू अमितेश पण्डित, आकाश महतोसहितले दायर गरेको रिटमा उक्त निर्णय अवैध भएको दाबी गरिएको छ। रिटमा नेपाल–भारत सीमा र अन्य नाकाबीच भन्सार छुटमा असमानता रहेको र मधेसी समुदायमाथि विभेद भएको जिकिर गरिएको छ।

    अब सरकारी पक्ष र निवेदकबीच छलफलपछि भन्सार शुल्क निर्णय यथावत् राख्ने वा रोक्ने विषय टुंगो लाग्ने अपेक्षा गरिएकाे छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images