images
images
  • संविधान संशोधनमा ‘एकलौटी’ हुँदैन : असिम शाह

    काठमाडाैं । संविधान संशोधन एकलौटी ढंगले गर्न लागिएको भन्ने चर्चा निराधार भएको भन्दै कार्यदल संयोजक असिम शाहले यस विषयमा अनावश्यक आशंका नगर्न आग्रह गरेका छन्।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित संविधानविद् र कानुनविद्हरूसँगको परामर्श बैठकमा बोल्दै उनले संशोधन प्रक्रिया सबै राजनीतिक दल र सरोकारवालाको बृहत् सहभागितामै अघि बढाइने स्पष्ट पारे।

    शाहका अनुसार सरकारको १०० दिने कार्ययोजनाअनुसार संविधान संशोधनका लागि बहसपत्र तयार गर्न कार्यदल गठन गरिएको हो। उनले संविधान संशोधन कुनै एक दल वा सरकारको चाहनाले सम्भव नहुने र राष्ट्रिय सहमतिको आधारमै अघि बढ्ने साझा विषय भएको उल्लेख गरे।

    ‘हामीले तयार गर्ने बहसपत्रमा व्यापक छलफल हुनेछ। सबै पक्षको सहमति जुटेपछि मात्रै संशोधन प्रक्रिया अघि बढ्छ,’ उनले भने।
    उनले राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो घोषणापत्रमै संविधान संशोधनलाई प्राथमिकतामा राखेको स्मरण गराउँदै आगामी १५–२० दिनभित्र सरोकारवालासँग विस्तृत छलफल गरी प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेश गर्ने जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images