images
images
  • निजामती विधेयकमाथि तीन हजार पाँच सय सुझाव, झण्डै १२ सय राजनीतिक नियुक्ति खारेजीको चरणमा

    काठमाडौं । सरकारले पूर्ववर्ती सरकारका पालामा भएका झण्डै १२ सय राजनीतिक नियुक्ति एकैपटक खारेज गर्ने तयारीलाई अन्तिम चरणमा पुर्‍याएको छ।

    कूटनीतिक, न्यायिक, सार्वजनिक संस्थान, नियामक निकाय, विश्वविद्यालय र विभिन्न सरकारी संरचनामा भएका नियुक्तिहरू खारेज गर्ने गृहकार्य तीव्र पारिएको हो।

    सरकार गठनपछि संसद्‌मा सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्व सरकारले गरेका राजनीतिक नियुक्तिहरू खारेज गर्न आग्रह गरेका थिए।

    त्यसलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २१ वटै मन्त्रालयसँग मातहतका निकायमा भएका नियुक्तिको विवरण माग गरेको थियो। सबै मन्त्रालयबाट विवरण संकलन भइसकेपछि खारेजी प्रक्रिया अघि बढाइएको जनाइएको छ।
    कानुनअनुसार भएका नियुक्ति खारेज गर्दा कानुनी जटिलता आउन सक्ने भएकाले सरकारले महान्यायाधिवक्ता र वरिष्ठ कानुनविद्हरूसँग परामर्श थालेको छ। कानुनविद्हरूले आवश्यक कानुनी व्यवस्था गरेर मात्रै निर्णय लिन सुझाव दिएका छन्, नत्र अदालतमा मुद्दा पर्ने र खारेजी रोक्न सकिने जोखिम रहेको औँल्याएका छन्।
    सरकारको तयारीअनुसार विभिन्न संवैधानिक आयोग, नियामक निकाय, सार्वजनिक संस्थान, सञ्चार, संस्कृति, स्वास्थ्य, शिक्षा तथा वित्तीय संस्थाहरूमा भएका नियुक्तिहरू खारेज हुन सक्छन्। यसमा राष्ट्रिय आयोगहरू, दूरसञ्चार, पर्यटन, नागरिक उड्डयन, प्रज्ञा प्रतिष्ठानहरू, विभिन्न बोर्ड र परिषद्, बैंक तथा सार्वजनिक कम्पनीहरू समेत समेटिएका छन्।
    यसैगरी विश्वविद्यालयका पदाधिकारी, परिषद् तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी प्रमुखहरू लगायतका पदहरू पनि खारेजी सूचीमा पर्न सक्ने जनाइएको छ। स्रोतका अनुसार आगामी मन्त्रिपरिषद् बैठकबाटै सामूहिक रूपमा निर्णय हुन सक्ने सम्भावना रहेको छ।
    सरकारले राजनीतिक हस्तक्षेप घटाउने र नियुक्ति प्रणालीलाई व्यवस्थित बनाउने उद्देश्यसहित यो कदम चाल्न लागेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images