images
images
  • सुकुम्वासी बस्ती हटाउने निर्णयविरुद्ध कारण देखाउन सर्वोच्चकाे आदेश

    काठमाडौं – सर्वोच्च अदालतले काठमाडौंका नदी किनार र सार्वजनिक स्थानमा रहेका सुकुम्वासी बस्ती हटाउने निर्णयविरुद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ।

    न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौं र काठमाडौं महानगरपालिका लाई लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो। अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार, उक्त विषयमा दुवै पक्षबीच छलफलका लागि यही वैशाख २२ गतेको मिति तोकिएको छ।

    यसअघि गोपाल रन पहिलोसहित ११ जनाले वैशाख ११ गते सुकुम्वासी बस्ती खाली गराउने निर्णयविरुद्ध रिट निवेदन दर्ता गरेका थिए। जिल्ला प्रशासन कार्यालय काठमाडौं र काठमाडौं महानगरपालिकाले नदी किनारका बस्ती हटाउन सूचना जारी गरेपछि उक्त निर्णयविरुद्ध अदालतको ढोका ढकढक्याइएको हो।

    रिट निवेदनमा भूमिहीन तथा सुकुम्वासी परिवारको पहिचान, प्रमाणीकरण र वैकल्पिक व्यवस्था नगरी जबरजस्ती हटाउने, विस्थापित गर्ने वा कुनै कारबाही नगर्न अन्तरिम आदेश माग गरिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images