images
images
  • नेकपाले आगामी मंसिरमा ११–१५ मा महाधिवेशन गर्ने

    काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मंसिरमा ११–१५ मा एकताको महाधिवेशन गर्ने निर्णय गरेको छ ।

    सोमवार बसेको केन्द्रिय कार्यसंयोजक समितिको बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता प्रकाश ज्वालाले बताएका हुन् । उनकाअनुसार बैठकले संविधान संशोधन मस्यौदा कार्यदल समेत गठन गरेको छ ।

    उनकाअनुसार ११ सदस्यीय कार्यदलमा नेताहरु देव गुरुङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह, रणध्वज कङ्दङवा, रेखा शर्मा, गणेश विक, मुक्ति प्रधान, खिमलाल देवकोटा, डम्बरविक्रम थापा, जगदेव चौधरी र रामबहादुर चौधरी रहेका छन् ।

    उनले भने, ‘पार्टीको महाधिवेशनको बारेमा कार्यतालिका प्रश्तुत भएको छ । त्यो प्रतिवेदनले कार्यतालिका पास पनि गरेको छ । कार्यतालिकाअनुसार हामीले वडा, पालिका, जिल्ला र प्रदेश हुँदै पार्टीको राष्ट्रिय महाधिवेशन मंसिरको ११ देखि १५ गतेसम्म गर्ने निर्णय गरेका छौँ ।

    कार्यतालिकाअनुसार भोलिदेखि नै काम अगाडि बढ्छ । बैठकले अगामी असार र साउन महिना श्रम शिविर सञ्चालन गर्नुका साथै सदस्यता नवीकरण र विस्तार गर्ने गर्ने निर्णय समेत गरेको उनले जानकारी दिए । उनले जेठ मसान्तसम्ममा संघ, प्रदेश, पालिका, वडा र जनसंठनको संगठनात्मक समायोजनको काम सम्पन्न गर्ने कार्यसूची रहेको समेत बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images