images
images
  • कांग्रेसकाे आज तीन वटा बैठक बस्दै, नेता चयनदेखि अनुशासन कारबाहीसम्म निर्णय हुने

    काठमाडौँ । नेपाली कांग्रेसमा संसदीय दलको नेता चयन र पार्टी अनुशासनसम्बन्धी विषयमा आज दिनभरि विभिन्न बैठकहरू बस्दै छन् ।

    दलको नेता चयनमा देखिएको प्रतिस्पर्धा र अनुशासन उल्लंघनसम्बन्धी उजुरीबारे निर्णय लिन तीन वटा छुट्टाछुट्टै बैठक बोलाइएको हो ।

    बिहान ११ बजे बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने तयारी गरिएको छ । त्यसपछि दिउँसो १ बजे बस्ने संसदीय दलको बैठकले नेता चयन गर्ने कार्यसूची रहेको छ ।

    त्यसैगरी दिउँसो २ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा अनुशासन समितिको बैठक बस्दै छ ।

    उक्त बैठकमा निर्वाचनका क्रममा बागी उम्मेदवार बनेका तथा उनीहरूका समर्थकमाथि परेका उजुरी र केही नेतासँग मागिएको स्पष्टीकरणबारे निर्णय गरिने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images