images
images
  • पेप्सीकोलामा मध्यराति तोडफोड, ८ सवारीसाधन क्षतिग्रस्त

    काठमाडौं- राजधानीको पेप्सीकोला क्षेत्रमा शनिबार मध्यराति करिब १ बजे ८ वटा सवारीसाधनमा तोडफोड भएको छ ।

    नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डको नाम लिँदै मापसे गरेका एक व्यक्तिले गाडीहरूमा आक्रमण गरेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले बताएको छ।

    प्रहरीका अनुसार ती व्यक्तिले पार्किङमा राखिएका कार र मोटरसाइकलमा ढुंगा तथा फलामे वस्तु प्रयोग गरी सिसा फुटाउने र बडीमा क्षति पुर्‍याएका थिए । घटनाका क्रममा उनी चिच्याउँदै आक्रामक रूपमा प्रस्तुत हुँदा स्थानीय बासिन्दा त्रसित बनेका थिए ।

    स्थानीयले उनलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए । प्रहरी पुगेर स्थिति नियन्त्रणमा लिएको र संलग्न व्यक्तिलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जनाएको छ ।

    तोडफोडबाट सवारीसाधनमा क्षति पुगेको छ भने क्षतिको विवरण संकलन भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images