images
images
  • कपिलवस्तुमा स्कार्पियो ट्रकमा ठोक्किँदा दुई जनाको मृत्यु

    काठमाडौं । कपिलवस्तु नगरपालिका–१२ पिपराहवास्थित हुलाकी सडक खण्डमा शनिबार राति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

    बहादुरगन्जबाट तौलिहवातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको स्कार्पियो सडक किनारमा रोकिएको ट्रकसँग ठोक्किएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका महाराजगन्ज–११ बनगाईका ५० वर्षीय राधेश्याम कुर्मी र शिवराज–६ धरमनगरका ५५ वर्षीय चिन्नी कुर्मीको कपिलवस्तु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    उक्त दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइतेहरु नन्दप्रसाद दुबे, मोतिलाल कुर्मी र सुरेश कुर्मीको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images