images
images
  • सुजिता भण्डारी प्रकरणः दाजु बहिनीको प्रेम सम्बन्धले निम्त्याएको आत्महत्या

    चितवन-चितवन चितवनकी सुजिता भण्डारीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

    प्रहरीले शुक्रबार पत्रकार सम्मलेन गरी झापाको झापा गाउँपालिका ६ का २३ वर्षीय सचिन भन्ने सुकदेव भण्डारीलाई सार्वजनिक गरेको हो। उनलाई प्रहरीले काठमाडौंबाट बिहीबार पक्राउ गरेको चितवन प्रहरीले जनाएको छ।

    ‘हाम्रो अनुसन्धानले उनीहरू दाजु(बहिनी (काकाको छोरा र छोरी) पर्छन्। उनीहरूको सम्बन्ध दाजुबहिनीको मात्रै सीमित नरही शंकास्पद देखिएको भनेर परिवारकै सदस्यहरूले चेतावनी दिएको अनुसन्धानबाट खुलेको छ,’ इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी ईन्द्रबहादुर रानाले भने।

    ‘उनीहरू दुबै काठमाडौं गएर एकैसाथ बस्ने भनेर योजनासमेत बनाएको थापाले बताए। दिदीकोमा बस्ने भन्दै सुजिता काठमाडौंमा आएको र सचिनलाई कोठा खोज्न दबाब दिएको अनुसन्धानमा खुलेको छ।

    ‘कोठा खोज्न दबाब दिएपछि उनीहरूसँगै बसेको देखिन्छ। र लामो समयको एकअर्का प्रतिको आकर्षणपश्चात सुजिताले सचिनलाई विवाह गर्न दबाब दिएको र सामाजिक तथा नैतिक कठिनाइले गर्दा सम्भव भएसम्म विदेश जाने र सम्भव नभए एकआपसको अपहरणको बहाना बनाएर कसैले थाहा नपाउने ठाउँमा गएर बस्ने योजना बनाएको खुलेको छ,’ रानाले भने।

    गत असार ९ गते सुजिताले सचिनलाई विवाहको प्रस्ताव गर्दा विवाद भएको थियो। सुजिताले ‘विवाह नगर्ने भए म मर्छुु भनेको प्रहरी नायब उपरीक्षक रानाले बताए। त्यसपछि उनीहरूबीच कुनै संवाद भएको थिएन।

    सुजिताको पोष्टमार्टम पछि प्रहरीले भिसेरा गर्न राष्ट्रिय विधि विज्ञान प्रतिष्ठानमा पठाएको थियो।त्यस्तै प्रहरीले बरामद गरेको सचिनको फोन र सुजिताको फोनमा भएको मेमोरी कार्डपनि सामाखुसीस्थित ल्याबमा पठाएको र त्यसबाट डिलिट गरिएका तस्वीरहरू समेत पाइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनामा थप अनुसन्धान अघि बढाएको छ। असार ११ गते एक्कासि हराएकी सुजिताको असार २० गते चितवनको जंगलमा शव फेला परेको थियो।

    पूर्वी चितवनको राप्ती नगरपालिका ३ कि सुजिता भण्डारीको घटनामा आत्महत्या दुरुत्साहनको मुद्धा दर्ता भएको छ । सुजिताकी आमा अम्बिका भण्डारीले जिल्ला प्रहरी कार्यालय चितवनमा ६ गते बुधवार आत्महत्या दुरुत्साहनमा जाहेरी दिएकी हुन् ।

    सुजितालाई आत्महत्या गर्न वाध्य बनाइएको भन्दै जेठाजु ९सुजिताको ठुलोबुवा० का छोरा सचिन भन्ने सुकदेव भण्डारी विरुद्ध जाहेरी दिएकी हुन् । पीडितको जाहेरी पछि प्रहरीले सुकदेवलाई काठमाडौंबाट पक्राउ गरेको छ । ७ गते बिहीबार पक्राउ परेका सुकदेवमाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको चितवन प्रहरीले जनाएको छ । सुजिता र सुकदेव नाताले दाजु बहिनी भए पनि लामो समयदेखि प्रेम सम्बन्धमा रहेको प्रहरीले जनाएको छ ।

    यस्तो थियो सुजिता-सुकदेवको सम्बन्ध

    सुजिता भण्डारी र झापाको झापा गाउँपालिका ६ शरणामतिका सचिन भन्ने सुकदेव भण्डारी नाताले दाजु बहिनी । सुजिता सुकदेवको कान्छो काकाकी छोरी । नाताले दाजु बहिनी भए पनि यि दुईको सम्बन्ध यतीमा मात्रै सीमित थिएन । बिगत केही समयदेखि सुजिता र सुकदेव प्रेम सम्बन्धमा थिए ।

    यि दुईको सम्बन्धमा बारे परिवार पनि जानकार थियो । धेरै पटक परिवारले सचेत समेत गराएका थिए । सुकुदेव र सुजिता काठमाडौं गई एक साथ बस्ने योजनामा थिए । चितवनबाट दिदीको घर काठमाडौं जान्छु भनेकी सुजिताले केही समय दिदीको बसेर सुकदेवलाई तुरुन्त कोठा खोज्न दबाब दिएकी थिईन् । सुकदेवले कोठा खोजेर उनीहरु सँगै बसेको समेत अनुसन्धानले देखाउछ ।

    केही समय एकअर्कासँग बसेपछि सुजिताले सुकदेवलाई विवाह गर्न दबाब दिएको पनि अनुसन्धानमा खुलेको छ । विवाह गर्न सामाजिक तथा नैतीक कठिनाई हुने भएपछि सम्भव भएसम्म बिदेश जाने उनीहरुको योजना थियो । तर सम्भव नभए एक आपसमा अपहरणमा परेको बहाना बनाई कसैले थाहा नपाउने ठाउँमा गएर बस्ने योजना बनाएका थिए ।

    असार ९ गते सुजिताले सुकदेवलाई विवाह गर्न प्रस्ताव गरे पछि सोही बिषयमा दुईबीच विवाद भएको देखिन्छ । विवाह नगरे सुजिताले मर्ने धम्की दिएको र सुकेदेवले जे सुकै गर भनेको प्रहरीको अनुसन्धानले देखाउछ । त्यसपछि यि दुईबीच सम्पर्क नभएको घटनाका प्रमुख अनुसन्धान अधिकृत डिएसपी ईन्द्रबहादुर रानाले बताए ।

    sujita case
    घटनाबारे जानकारी गराउँदै चितवन प्रहरी प्रमुख एसपी ओमप्रकाश अधिकारीलगायत प्रहरी अधिकारी।

    के हो घटना ?

    ११ गते बिहान ६ बजे सुजिता साथिको घरमा तरकारी लिन भनी घरबाट निस्किएकी थिईन् ।सुजिताकी दिदी कबिताले प्रहरीलाई दिएको जानकारी अनुसार दिदी (कबिता) बहिनी (सुजिता) र भाई सँगै सुतेका थिए । सुजिता बिहान उठेर कसैलाई थाहा नदिई घरबाट निस्किएकी थिईन् । घरबाट बिहानै निस्किएकी सुजिताले केही बेरपछि दिदीलाई फोन गरेकी थिईन् ।

    कबिताको मोबाइल चार्जमा राखेकोले फोन उठ्दैन । कबिताको मोबाइलमा ६,७ पटकसम्म पुरै घण्टी बजेको थियो । केही बेरमा बहिनीको मिस्डकल देखेपछि कबिताले सुजितालाई फोन गर्छिन् । कबिताले फोन गरेपछि सुजिताले आफु अपहरणमा परेको र आफ्नो आँखामा पट्टी बाँधिएको, स्प्रे छर्किएको भनेर जानकारी गराउछिन् ।

    बहिनीले अपरणमा परेको भनेपछि सोही दिन कविताले ईलाका प्रहरी कार्यालय टाँडीमा टेलीफोन मार्फत घटनाको बारेमा जानकारी दिईन् । सोही दिन कविताले लिखित जाहेरी समेत दिईन् । जाहेरीपछि इप्रका टाँडीका डिएसपी ईन्द्रबहादुर रानाको नेतृत्वमा प्रहरीले अनुसन्धान सुरु गर्‍यो ।

    खोजतलासका क्रममा असार ११ गते हराएकी सुजिताको शव २० गते आइतबार दिउँसो ब्रम्स्थानी सामुदायीक वनमा भेटिएको थियो । प्रहरीले शवसँगै पतेरा मार्न प्रयोग हुने बिषादीको बोतल र झोला फेला र उनले प्रयोग गर्ने गरेको मोबाइल फेला पारेको थियो। २१ गते प्रहरीले शव पोष्टमाटमका लागि काठमाडौंको महाराजगन्जस्थित त्रिवी शिक्षण अस्पताल पठाएको थियो ।

    पोष्टमाटममा सुजिताको शरीरमा कुनै पनि किसिमको चोटपटक नदेखिएपछि प्रहरीको अनुसन्धान आत्महत्यातर्फ मोडियो । पोष्टमाटममा केही नदेखिएपछि प्रहरीले २३ भिसेरा परीक्षणका लागिखुमलटार पठाएको थियो । भिसेराको रिपोर्ट आउन बाँकी छ । प्रहरीको अनुसन्धानका क्रममा सुजिताको सुकदेवसँग प्रेम सम्बन्ध रहेको देखिन्छ । सुजिताको साउन ४ गते देवघाटमा अन्त्येष्टि गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images