काठमाडौं- नेपाली कांग्रेसको देउवा पक्षले १५औँ महाधिवेशनको मिति समायोजन नभए पार्टी विभाजनसम्म जान सक्ने चेतावनी दिएको छ।
सर्वोच्च अदालतको फैसलापछि बसेको दोस्रो बैठकमा देउवा पक्षले पार्टी एकताको जिम्मेवारी सभापति गगन थापामाथि रहेको निष्कर्ष निकालेको छ। उनीहरूले सर्वोच्चको निर्णय पुनरावलोकनमा जानुपर्ने धारणा पनि राखेका छन्।
देउवा पक्षको मुख्य अडान महाधिवेशनको मिति मिलाउनुपर्ने रहेको छ। मिति नसमायोजन भए दुई फरक महाधिवेशन हुने जोखिम बढ्ने र त्यसले पार्टी विभाजन निम्त्याउन सक्ने उनीहरूको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्























