काठमाडौँ। आज नेपालका कम्युनिस्ट पार्टीका शीर्ष नेता एकै मञ्चमा भेला हुने भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाहेकका शीर्ष कम्युनिस्ट नेताले आज एकै मञ्चबाट सम्बोधन गर्न लागेका हुन् ।
पुष्पलाल स्मृति दिवसको अवसरमा आज पुष्पलाल मित्रता केन्द्रले आयोजना गर्न लागेको प्रवचन कार्यक्रममा कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु सहभागी हुन लागेका छन्।पुष्पलाल मित्रता केन्द्रको आयोजनामा शुक्रबार दिउँसो १ तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा ६ शीर्ष कम्युनिष्ट नेताहरुले सम्बोधन गर्ने नेता जगन्नाथ खतिवडाले बताए।
केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडाका अनुसार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा कार्यक्रम आयोजना गर्न लागिएको छ।केन्द्रले आयोजना गर्ने ‘नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो’ विषयक प्रवचन कार्यक्रममा सात जना कम्युनिस्ट नेता सहभागी हुनेछन्।
कार्यक्रममा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा ९क्रान्तिकारी० माओवादीका अध्यक्ष मोहन वैद्य र नेकपा महासचिव नेक्रविक्रम चन्द प्रवचन दिनेछन्।
त्यस्तै, राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी र एमाले नेत्री अष्टलक्ष्मी शाक्य पनि प्रवचन दिने कार्यक्रम रहेको खतिवडाले जानकारी दिए। यसमा एमाले अध्यक्ष ओलीलाई भने बोलाइएको छैन।छरिएर रहेका कम्युनिस्ट नेताहरुले पहिलोपटक एउटै मञ्चबाट सम्बोधन गर्न लागेका हुन।
यसअघि नेपाल निवासमा नेपालसहित प्रचण्ड र विप्लवबीचको भेटघाटमा ओलीबाहेक कम्युनिस्ट मोर्चावन्दी वा एकता गर्ने विषयमा समेत छलफल भएको थियो। तत्काल छरिएर रहेका कम्युनिष्ट नेताहरु मिल्न नसक्ने अवस्थामा मिल्ने मुद्दामा सहकार्य गरेर जानुपर्ने नेताहरुले धारणा राख्दै आएका छन्।


विश्व खबर 


















