images
images
  • अध्यक्ष ओलीले भने-‘जनादेशबाट सरकारमा आइयो, ढाल्ने सवै प्रयाश बिफल भएपछि परमादेशबाट हटाइयो’

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले दुनियाभरका शक्ति लगाएर षडयन्त्र गर्दा पनि सरकारलाई हलचल गर्न नसकेपछि सर्वोच्च अदालत प्रयोग गरेर हटाइएको टिप्पणी गरेका छन् । । पुष्पलाल स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै अघिल्लो सरकारको प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले केही नलागेपछि सर्वोच्च अदालत प्रयोग गरेर प्रतिगामी काम भएको ठोकुवा गरेको हो ।

    ‘सरकार बनेका दिनदेखि ढाल्न धेरै षडयन्त्र गरियो, डेढ बर्षदेखि लगातार ठोश प्रयाश भए, दुनिया लागेर पनि खुट्टा हल्लाउन नसकेपछि, हलचल गराउन नसकेपछि परमादेशबाट हटाइयो,’ ओलीले भने, ‘जनादेशबाट सरकारमा आइयो, हटाउने सवै प्रयाश बिफल भयो, अनि परमादेशबाट हामी हट्यौं ।’ अध्यक्ष अ‍ोलीलेजनताको मनमा अदालतमाथि बिश्वास हुनुपर्ने आफ्नो मान्यता पनि सुनाए। ‘जनजनको मनमा अदालतमाथि बिश्वास होस, तव लोकतन्त्र बलियो हुन्छ तर जे गरे पनि मान्नै पर्छ भन्यौं भने बिश्वास कायम रहन्छ कि रहँदैन रु यो गम्भीर बिषय हो । न्याय नपाए सर्वोच्च जानू भन्ने धारणा बनोस, म यो चाहन्छु,’ ओलीको भनाई छ ।

    उहाँले अदालतले हटाए पनि एमाले जितिरहेको र एमालेको बिजय यात्रालाई कसैले पनि रोक्न नसक्ने ठोकुवा गर्नुभयो । ‘एमालेलाई कसैले ढाल्न सक्दैन, जहाँ–जहाँ नेपाली, त्यहाँ–त्यहा एमाले पुग्छ,’ ओलीले भने, एमाले प्रमुख पार्टी हो, संसदमा । स्थानीय तहमा, प्रदेशहरुमा सवभन्दा ठूलो दल नेकपा एमाले हो, हामीलाई हराउन ल्याकत कसैसँग छैन ।’

    ओलीले थपे, ‘कर्कलाका पातको पानी होइन, यो आन्दोलन, कसैले हात हल्लाउँदैमा पर्लक्क पल्टने । यो आन्दोलन संघर्षको मैदानबाट गुज्रिएर आएको छ ।’ अध्यक्ष ओलीले नेकपाबाट बिभाजित भएर गई बनेको प्रचण्डको पार्टी पतनको बाटोमा गएको ठोकुवा पनि गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images