images
images
  • स्रोत नखुलेको नगद ८ लाखसहित दुई जना पक्राउ

    काठमाडौं- नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका-४ बाट स्रोत नखुलेको नगद रु आठ लाखसहित दुई जनालाई पक्राउ गरेको छ ।

    केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चन्द्रनगर गाउँपालिका-४ का २३ वर्षीय कृष्णकुमार पासवान र सोही पालिका-१ का ४१ वर्षीय शिवनारायण महतोलाई पक्राउ गरिएको हो ।

    भारतबाट मोटरसाइकल चढेर आएका उनीहरूको शरीर खानतलासी गर्दा उक्त रकम बरामद भएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images