images
images
  • खैरो हेरोइन सहित एक युवक पक्राउ

    काठमाडौं- प्रहरीले खैरो हेरोइन सहित काठमाडौंको बुढानिलकण्ठबाट एक जना युवकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका घर भएर बुढानिलकण्ठ बस्दै आएका २७ वर्षीय रामचन्द्र पुरी छन् ।

    आरोपीलाई बुधवार बुढानिलकण्ठ-१० स्थित नगर अस्पताल नजिकैबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले बताए ।

    प्रहरीले उनको डेराबाट ५९.५ ग्राम लागुऔषध खैरो हेरोइन र १ लाख ७२ हजार नगद बरामद गरेको छ ।

    उनको साथबाट लागुऔषध तौल गर्न प्रयोग गरिने १ थान तराजु पनि बरामद गरिएको एसपी कार्कीले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images