काठमाडौं । कोभिड १९ संक्रमणको दोस्रो लहर कम भएसँगै बन्द गरिएका आइसोलेसन सेन्टर फेरि खुला गर्ने तयारी गरिएको छ।
पछिल्लो समय काठमाडौं महानगरमा कोभिड संक्रमण बढ्न थालेसँगै यसअघि बन्द गरिएका ओइसोलेसन सेन्टर खुला गर्ने योजना महानगरपालिकाले बनाएको हो।
महानगरपालिका क्षेत्रमा पछिल्लो समय संक्रमण दर बढेर झण्डै २० प्रतिशत पुगेपछि महानगरपालिकाले बन्द गरिएका आइसोलेसन सेन्टर खुला गर्ने योजना बनाएको छ।
महानगरका अनुसार सामाखुसीको राधास्वामी, क्षेत्रपाटीको छत्रपाटी निस्शुल्क चिकित्सालय र नरदेवी अस्पतालमा रहेको आइसोलेसन सेन्टर फेरि खुला गर्ने तयारी गरिएको छ। यता शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोभिड १९ का विरामी एक्कासि बढ्दै गएका छन् ।
अस्पतालका निर्देशक डा।अनुप बास्तोलाका अनुसार पछिल्लो समय सङ्क्रमण दर विस्तारै कम हुँदै गएको भए पनि पछिल्लो हप्तादेखि फेरि एक्कासि विरामी संख्या बढ्दै गएको छ । जुन युवा र मध्ये उमेर समूहमा लक्षित छ ।
प्रतिक्रिया दिनुहोस्