काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । बुधबारको केन्द्रीय कमिटी बैठकमा उनले एकताका लागि वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको समेत बताएका छन् ।
‘हामी एकताका लागि हदैसम्म लचिलो छौँ । अन्तिमसम्ममा पनि एकताका लागि प्रयास जारी छ । माधव नेपालले मिल्ने हो भने दोस्रो अध्यक्ष मागे । मैले भनेको छु, पार्टी एकता बचाउन माधव नेपाल आउँछन् भने दोस्रो अध्यक्ष दिन तयार छु’, बैठकमा ओलीले भनेका छन् ।
उनले पार्टी एकताका लागि गठित कार्यदलले बुझाएको १० बुँदे सहमति कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको पनि बताएका छन् । त्यस्तै एकता भएमा सबै संरचनाहरू ०७५ जेठ २ कै अवस्थाबाट क्रियाशील हुने पनि बताएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
ओलीले आफूले पार्टी एकताका लागि आफू हदैसम्म लचिलो बन्दा पनि अनेक बहाना खोजिएको बताएका थिए ।
‘मैले यति भन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन, अनेक बाहना खोजिएको छ । त्यसपछि पनि केन्द्रीय कमिटीमा बहुमत चाहियो भनिरहेका छन् । किन रु हामीलाई पार्टीबाट निकाल्न रु ढुक्क हुनुस् कमरेडहरु, त्यसो हुन दिइने छैन । किनकी यस्तो अभ्यास उनीहरुले पहिले पनि गरेका छन्’, उनको भनाइ उद्धृत गर्दै ती सदस्यले भने ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत हाल्नु अपाराधिक काम भएको समेत बताए ।


विश्व खबर 


















