images
images
  • कालिकोटमा एम्बुलेन्स दुर्घटना, २ जनाको मृत्यु

    काठमाडौं- जुम्लाबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको एम्बुलेन्स कालीकोटमा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

    जुम्लाको हिमा गाउँपालिकाको ना ०१००१ झ ००२४ नम्बरको एम्बुलेन्स कालीकोटको खाँडाचक्र नगरपालिका-२ स्थित मेयरखोला नजिकै सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटना भएको हो ।

    दुर्घटनामा परी हिमा गाउँपालिका-६ पातरखोलाका ३२ वर्षीय भीमबहादुर अधिकारी र हिमा-७ मर्चीगाउँका २६ वर्षीय एम्बुलेन्स चालक शक्तिबहादुर शाहीको मृत्यु भएको कालीकोटका प्रहरीले जनाएको छ ।

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारका लागि ७१ वर्षीय बुबा कलबहादुर अधिकारीलाई नेपालगन्ज लैजाने क्रममा छोरा भीमबहादुरको सोही दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा बिरामी कलबहादुर अधिकारी र हिमा-७ का २० वर्षीय लोकेन्द्र शाही घाइते छन् ।

    कलबहादुरको खुट्टामा चोट लागेको छ भने लोकेन्द्रको कान र पेटमा सामान्य चोट लागेको छ ।

    घाइते दुवै जनाको हाल कालीकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

    प्रहरीका अनुसार सडकमा लागेको बाक्लो हुस्सुका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images