images
images
  • चक्कु प्रहार गरी दाजुभाइको हत्या गर्ने दुई जना पक्राउ, कसरी भयो घटना ?

    काठमाडौं- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार गरी दाजुभाइको हत्या भएको छ ।

    चक्कु प्रहारबाट ३३ वर्षीय सुमित नेम्बाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्बाङको हत्या भएको हो ।

    उनीहरूलाई सञ्जीव नेपालीले चक्कु प्रहार गरेका हुन् ।

    चक्कु प्रहारबाट गम्भीर भएका उनीहरूलाई बीएन्डबी अस्पताल लगिएको थियो ।

    उनीहरूको उपचारकै क्रममा निधन भएको जिल्ला प्रहरी कार्यलय ललितपुरले जनाएको छ ।

    चक्कु प्रहार गर्ने २ जनालाई प्रहरीले भाग्दै गरेको अवस्थामा पक्राउ गरिसकेको छ ।

    कसरी भयो घटना ?
    बुधबार साँझ नेम्बाङ दाजुभाइले फोन गर्दा सञ्जीवको मोबाइलमा पर्यो ।

    उनीहरू एकापसमा अपरिचित समेत हुन् । नचिनेको नम्बरबाट फोन आएपछि केहीबेर कुरा भएको र सोही क्रममा भनाभन भयो ।

    फोनमै विवाद बढ्दै जाँदा सञ्जीवले नेम्बाङ दाजुभाइलाई नै पाटन आउन भने ।

    त्यसपछि इमाडोल बस्ने दाजुभाइ पाटन पुग्छन् ।

    सोही क्रममा मासु पसलमा काम गर्ने सञ्जीव मासु काट्न प्रयोग हुने हतियार लिएर आएर प्रहार गर्छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images