images
images
  • ललितपुरको कृष्ण मन्दिरमा दुई युवामाथि चक्कु प्रहार, एकको अवस्था गम्भीर

    काठमाडौं- ललितपुरको कृष्ण मन्दिरमा दुई माथि चक्कु प्रहार भएको छ ।

    कृष्ण मन्दिर परिसरमा चारजनाको समूहमा आएका युवाले दुई युवामाथि चक्कु प्रहार गरे युवाका हुन् ।

    चक्कु प्रहारबाट घाइते मध्ये एकको अवस्था गम्भीर रहेको छ । घाइतेलाई उपचारको लागि पाटन अस्पतालमा भर्ना गरिएको छ ।

    घटनास्थलमा प्रहरी वृत्त सातदोबाटोकी प्रमुख डीएसपी पूर्णिमा चन्द नेतृत्वको टोली पुगेको छ ।

    उक्त टोली चक्कु प्रहार गर्नेहरुको खोजी र घटनाको अनुसन्धानमा जुटिरहेको डीएसपी चन्दले बताइन् ।

    चक्कु प्रहारबाट घाइतेहरूको परिचय खुलेको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images