images
images
  • प्रहरीमा दर्ता गरेको उजुरीको प्रगति एसएमएसमा बुझ्न सकिने

    काठमाडौं- अब प्रहरीमा दर्ता भएका उजुरीको कारबाहीबारे एसएमएसबाट जानकारी प्राप्त हुने भएको छ ।

    प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै प्रहरीमा दर्ता भएका उजुरी तथा गुनासोको कारबाहीबारे एसएमएसबाटै जानकारी पाउने बताएको छ ।

    ‘प्रहरीका मुद्दा दर्ता हुने इकाईहरुमा सेवाग्राहीबाट प्राप्त हुन आएका उजुरी, निवेदन, गुनासो, जाहेरी दरखास्तको प्रगति के भयो र के कसरी कार्यान्वयन भइरहेको छ, सो सम्बन्धमा सम्बन्धीत सेवाग्राहीले दिनुभएको सम्पर्क नम्बरमा फोन गरेर वा एसएमएसमार्फत सूचना दिने व्यवस्था लागू गरिएको छ’ प्रहरीले भनेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images