काठमाडौं- लागुऔषध नियन्त्रण व्यूरोको टोलीले काठमाडौँका पिंगलास्थानमा गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिएको छ ।
गोली लागेर भारतको बिहार घर भएका अनिल कुमार पासवान घाइते भएको ब्यूरोका एसपी दुर्गाराज रेग्मीले बताए ।
उनको ट्रमा सेन्टरमा उपचार हुँदै छ । घटनास्थलबाट प्रहरीले अर्का एक जना कारोबारीलाई पनि पक्राउ गरेको छ ।
गएराति लागुऔषध खैरो हेरोइन कारोबार भइरहेको सूचनाको आधारमा ब्युरोका एसपी रेग्मी सहितको टोली गौशाला पुगेका थिए ।
प्रहरीसँग जम्काभेट भएपछि पक्राउ गर्न खोज्दा कारोबारीहरू भागेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिइएको बताइएको छ ।
एसपी रेग्मी भन्छन्, ‘पिंगलास्थानमा पुगेपछि गोली प्रहार गरेर आरोपी पक्राउ गर्न सफल भयौं ।’
आरोपीहरुको साथबाट प्रहरीले करिब १ केजी खैरो हेरोइन बरामद गरेको छ ।
प्रतिक्रिया दिनुहोस्






















