images
images
  • सुनका गहना बनाउने बहानामा १ करोड २० लाख ठगी, बाबु-छोरा पक्राउ

    काठमाडौं- सुनका गहना सस्तोमा बनाइदिने बहाना गरेर ठगेको आरोपमा प्रहरीले बाबु-छोरालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका-६ घर भएर टेकु बस्ने ५१ वर्षीय जीवन कुमार ठाकुर र उनका छोरा २७ वर्षीय निहाल ठाकुर छन् ।

    उनीहरूलाई आइतबार बसुन्धाराबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    आरोपीहरूले १ करोड २० लाख ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

    न्यूरोडमा उनीहरुले १५ वर्षदेखि स्वर्ण संसार नामको सुनचाँदी पसल सञ्चालन गर्दै आएका थिए ।

    ८ महिनाअघि सो सुनचाँदी पसल बन्द गरे सम्पर्क विहीन भएका थिए ।

    सामाजिक सञ्जाल टिकटकमा पुराना सुनचाँदीका गहनालाई नयाँ डिजाइनमा बनाउने र सस्तो मूल्यमा बनाउने प्रचार गर्दै उनीहरुले अर्काको सुन लिएर सम्पर्क विहीन हुने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

    पीडितहरूलाई उनीहरुले चेक दिएर विश्वासमा पार्ने गरेको भेटिएको छ ।

    अपराध अनुसन्धान कार्यालयले बैंकिङ कसुर मुद्दामा अनुसन्धानको लागी जीवन कुमार ठाकुरलाई ललितपुर परिसर र निहाललाई प्रहरी वृत्त जनसेवामा पठाएको छ ।

    जीवन विरुद्ध प्रहरी वृत्त जनसेवामा ३ वटा बैंकिङ कसुरको मुद्दा र १० वटा ठगी सम्बन्धी जाहेरी दर्ता भएको रेकर्ड फेला परेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images