काठमाडौं- कुवेतमा विभिन्न कारणले फरक फरक समयमा मृत्यु भएका ९ जना नेपाली नागरिकको शव नेपाल ल्याइएको छ ।
यस्तै त्यहाँबाट भएका (डिपोर्ट) नेपालीसमेत स्वदेश फर्किएका छन् ।
उनीहरुलाई लिएर कुवेत एयरवेजको विशेष विमान बुधबार भैरहवा विमानस्थलमा अवतरण गरेको हो ।
कुवेतको हवाइ क्षेत्र र काठमाडौं-कुवेत नियमित उडान बन्द रहेको विशेष परिस्थितिमा कुवेतस्थित नेपाली राजदूतावासको समन्वय र कुवेत एयरवेजको सहयोगमा सो विशेष उडान गरिएको हो ।
जहाजमार्फत ल्याइएका ९ नेपालीको शवलाई आजै सम्बन्धित परिवारको जिम्मा लगाउने तयारी गरिएको दूतावासले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्























