काठमाडैं । जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता सम्बन्धी विवादको बारे निर्वाचन आयोगमा बहस चलिरहेको छ ।
आयोगले गठन गरेको इजलासमा दुवै तर्फबाट बहस चलिरहेको जसपाका कार्यकारिणी सदस्य केशव झाले बताए । बिहान ११ बजेदेखि नै बहस चलिरहेको छ । दुवैतर्फका अधिवक्ताले आ–आफ्नो तर्फबाट धारणा राख्ने क्रम जारी छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टीको आधिकारिकताका लागि दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । सो निवेदन दिएपछि आयोगले सहमतिका लागि दुवै पक्षलाई बोलाएको थियो ।
जसपाको आधिकारिकता सम्बन्धी विवाद निरुपणका लागि गत असार २३ गते प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरिएको थियो । इजलासमा आयुक्तहरु छन् । यही इजलासले जसपाको नाम र निर्वाचन चिह्न कुन पक्षले पाउने भन्ने निर्णय लिने भएकाले यसलाई चासोका साथ हेरिएको छ ।
दुवै पक्षले पार्टी अलग गर्ने भनि पत्रमा हस्ताक्षर गरेपछि आयोगले पार्टीको आधिकारिकतासम्बन्धी विवाद समाधानका लाग इजलास गठन गरी बहस सुरु गरेको छ ।
जसपाको उपेन्द्र–बाबुराम र महन्थ–राजेन्द्र पक्ष दुवैले आफूहरु आधिकारिक भएको दाबी गर्दै आएका छन् ।


विश्व खबर 


















