images
images
  • माैसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव, तीन प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौं- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    जसको प्रभावले कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधरणतया बादल लागेको छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।

    आज दिउँसो तराई भूभागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु तथा कुहिरो रहनेछ। कोशी  प्रदेशको  पहाडी र हिमाली भूभागमा  साधरणतया  बादल लाग्नेछ । बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मुख्यतया मौसम सफा रहनेछ।

    कोशी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको थोरै स्थानहरूमा साथै बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

    आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मुख्यतया सफा रहनेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images