images
images
  • नेपाल फर्किनेहरू बढे, मुख्य कारण चुनाव

    काठमाडौं- फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै छ । यसपटकको निर्वाचनका लागि विदेशमा बस्ने नेपालीहरूले पनि निकै चासो देखाइरहेका छन् ।

    यसअघि विदेशमा बस्नेहरुलाई मतदानको अधिकार दिनेबारे छलफल भएको थियो, तर प्रयास असफल भएपछि विदेशमा बस्ने नेपालीहरू मतदान गर्न धमाधम स्वदेश फर्किन थालेका छन् ।

    पछिल्लो समय विश्वका विभिन्न मुलुकमा पुगेका नेपालीहरु स्वदेश फर्किने क्रम बढ्दै गएको अध्यागमन विभागको तथ्यांकबाट देखिएको छ ।

    विभागपका अनुसार छिल्ला दिनमा विदेश जानेभन्दा फर्किनेको संख्या बढेको छ ।

    माघ १८ देखि २७ सम्ममा ५१ हजार ७९ जना स्वेदश फर्किएका छन् । त्यस अवधिमा ५० हजार मानिस विदेशिए । पछिल्लो अवधिमा जाने भन्दा फर्किनेको संख्या एक हजारले बढी देखिन्छ । त्यस अवधिमा साउदी अरेबियाबाट ४ हजार ७०७ जना फर्किए । कतारबाट ५ हजार ५१७ आएका छन् । यस्तै कतारमा ५ हजार ६ जना गएका छन् ।

    सन् २०२६ जनवरी अर्थात् पुस १७ देखि माघ १७ सम्म १ लाख ५८ हजार १४६ जना नेपाल फर्किएका छन् । त्यस अवधिमा १ लाख ५७ हजार ६५८ जना विदेशिएको अध्यागमन विभागले जनाएको छ । पुस १७ पछिको १ महिनामा साउदी अरेबियाबाट १३ हजार ३३६ जना नेपाल फर्किए । त्यस अवधिमा १४ हजार ५९४ जना साउदी अरेबिया गएका थिए । यस्तै कतारबाट १८ हजार नेपाल आए भने १५ हजार गएको तथ्यांकबाट देखिएको छ । त्यस अवधिमा यूएईबाट २६ हजार ४ सय जना आउँदा १८ हजार ४०० मात्रै गएको देखिएको छ ।

    कात्तिक १५ देखि मंसिर १५ सम्ममा १ लाख ४९ हजार नेपाल फर्किएका छन् । त्यस अवधिमा १ लाख ४४ हजार विदेश गएका थिए । त्यस अवधि (सन् २०२५ अक्टोबर) मा जानेभन्दा आउनेको संख्या ५ हजारले बढी देखिन्छ ।

    पछिल्लो समय विदेशबाट फर्किनुको मुख्य कारण निर्वाचन नै भएको जानकारहरू बताउँछन् ।

    सन् २०२५ नोभेम्बर (कात्तिक १५ देखि मंसिर १४ सम्म) मा १ लाख ३४ हजार नेपाल फर्किएका थिए । उक्त महिना १ लाख ६० हजार विदेशिएको अध्यागमन विभागको तथ्यांकबाट देखिएको छ । यसमा यूएईबाट २३ हजार आउँदा २० हजार गए । साउदीबाट १० हजार ५०० जना आएका थिए भने १७ हजार ८५४ जना गएका थिए ।

    data

    प्रतिक्रिया दिनुहोस्
    images
    images