images
images
  • उदयपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु

    काठमाडौं । उदयपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। मंगलबार साँझ त्रियुगा नगरपालिका–३ मुसहरीमा वर्षासँगै परेको चट्याङले दुईजनाको मृत्यु भएको हो।

    चट्याङले लागेर ३९ वर्षीया ललिता सदा र ४० वर्षीया फूलकुमारी सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए।

    उनीहरुलाई घर नजिकै खेतमा काम गर्ने क्रममा चट्याङ लागेको हो। चट्याङले गम्भीर घाइते भएका उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल गाईघाट लगिएको थियो। उपचारकै क्रममा उनीहरुको मृत्यु भएको डीएसपी गौतमले जानकारी दिए।

     

    प्रतिक्रिया दिनुहोस्

    images
    images