images
images
  • प्रभु बैंकको सीईओबाट अशोक शेरचन बिदाइ

    काठमाडौं– प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले पदबाट राजीनामा दिएका छन् ।

    सञ्चालक समितिले उनको निलम्बन फुकुवा गरेलगत्तै उनले आइतबार राजीनामा दिएका हुन् ।

    बैंकिङ कसुरको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेपछि उनलाई बैंकले निलम्बन गरेको थियो ।

    तर, विशेष सरकारी वकिलको कार्यालयले प्रमाण नपुगेको भन्दै हाजिर जमानीमा रिहा गर्ने निर्णय गरेको थियो ।

    यसअघि बयान प्रक्रिया लम्बिँदै गएपछि उच्च अदालत पाटनले पाँच दिनभित्र बयान सक्न आदेश दिएको थियो ।

    हालसम्म सीआईबीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छैन ।

    हाजिर जमानीमा रिहा भएपछि बैंक सञ्चालक समितिले उनको निलम्बन फुकुवा गरेको थियो, त्यसपछि उनले सीईओ पद त्यागेका हुन् ।

    तीन दशकदेखि बैंकिङ क्षेत्रमा सक्रिय शेरचन प्रभु फाइनान्स र प्रभु विकास बैंकका सीईओ भइसकेका थिए ।

    किस्ट बैंकसँग मर्जपछि बनेको प्रभु बैंकमा उनी नायब सीईओका रूपमा प्रवेश गरी पछि सीईओ बनेका थिए ।

    उनको कार्यकालमा ग्रान्ड बैंक, सेञ्चुरी बैंकलगायत संस्थासँग मर्ज भई प्रभु बैंक ठूलो वित्तीय संस्थाका रूपमा विस्तार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images