images
images
  • प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

    काठमाडौं– प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् ।

    मंगलबार बसेको सञ्चालक समिति बैठकले उनलाई चार वर्षका लागि सीईओ बनाउने निर्णय गरेको हो ।

    २५ वर्षभन्दा बढी बैंकिङ अनुभव भएका शर्मा यसअघि सनराइज बैंक र माछापुच्छ्रे बैंकका सीईओ रहिसकेका छन् ।

    निवर्तमान सीईओ अशोक शेरचनले राजीनामा दिएपछि बैंकले शर्मालाई नियुक्त गरेको हो ।

    उनले ग्लोबल आइएमई, एनएमबीलगायत विभिन्न बैंकमा काम गरिसकेका छन् ।

    त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र भौतिकशास्त्रमा स्नातकोत्तर गरेका शर्माले सन् १९९७ मा नेपाल एसबीआई बैंकबाट करियर सुरु गरेका थिए ।

    पछि नेदरल्याण्ड्सको मास्ट्रिक्ट स्कूल अफ म्यानेजमेन्टबाट एमबीए गरेका उनी अर्थशास्त्र र फाइनान्समा स्वर्ण पदक विजेता समेत हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images