काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार धितोपत्र बजारमा नेप्से सूचक १९.८५ अंकले घटेर २६९४.२० विन्दुमा बन्द भएको छ ।
बजार घटे पनि कारोबार रकम भने उत्साहजनक रह्यो ।
आज ३२९ कम्पनीका २ करोड २० लाख ६० हजार कित्ता सेयर किनबेच हुँदा कुल ९ अर्ब १० करोड ९४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
कारोबार भएका कम्पनीमध्ये ५० वटाको सेयर मूल्य बढ्दा २०१ वटाको घट्यो भने ९ कम्पनीको मूल्य स्थिर रह्यो ।
मिथिला लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ९.७० प्रतिशतले बढ्यो ।
क्रेस्ट माइक्रो लाइफ ८.१९ प्रतिशत र एनआईबीएल ग्रोथ फण्ड ६.५१ प्रतिशतले उकालो लागे। यता कर्पोरेट डेभलपमेन्ट बैंकमा १० प्रतिशतको नकारात्मक सर्किट लाग्दा रावा इनर्जी ९.३४ प्रतिशतले घट्यो ।
ट्रेडिङ बाहेक सबै समूहका सूचक ओरालो लागेका छन् ।
होटल समूह १.७५ प्रतिशत र हाइड्रोपावर समूह १.३६ प्रतिशतले घटेको देखिएको छ ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत अग्रस्थानमा रह्यो, जसको ५५ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो ।
त्यसपछि एसवाई प्यानलको ५३ करोड ६४ लाख र राधी विद्युतको ३८ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ ।


विश्व खबर 



















