images
images
  • बालेनको चुनावी प्रचारका हिँडेका पत्रकारको उपचारका क्रममा मृत्यु

    काठमाडौं– चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ ।

    काठमाडौं ग्राण्डी अस्पतालले आज विज्ञप्ति जारी गर्दै दिउँसो १२ः४५ बजे उनको मृत्यु भएको जानकारी दिएको हो ।

    अछाममा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारमा सहभागी भइरहेका बेला उनी अचानक बेहोस भएका थिए ।

    त्यसपछि सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौं ल्याई ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो ।

    अस्पतालका अनुसार गम्भीर उपचारका बाबजुद ४८ घण्टासम्म न्यूरोलोजिकल अवस्थामा सुधार नआएपछि चिकित्सकीय प्रोटोकलअनुसार एप्निया परीक्षण गरिएको थियो ।

    जसले स्वतः श्वासप्रश्वास नभएको देखाएको विज्ञप्तिमा उल्लेख छ ।

    उनलाई सब–अरैक्नोइड हेमरेज भएको अस्पतालले जनाएको छ ।

    उनको मृत्यु भएको दुई घण्टासम्म पनि बालेनले श्रद्धाञ्जली अर्पन गरेका छैनन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images