काठमाडौं– नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ ।
बिहीबार प्रतितोला २० हजार पाँच सय रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य शुक्रबार सोही दरले घटेको हो ।
बिहीबार प्रतितोला तीन लाख ३९ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर तीन लाख १८ हजार आठ सय रुपैयाँमा झरेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, चाँदीको मूल्य पनि घटेको छ ।
बिहीबार प्रतितोला सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी आज सात हजार ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय ४० रुपैयाँ कम हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार दुई सय सात अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















