images
images
  • नेप्से परिसूचक दोहोरो अंकले घट्यो

    काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बिहीबार दोहोरो अंकले घटिएको छ ।

    १७.५३ अंकले घटेर नेप्से २७१४.०५ बिन्दुमा झरेको हो ।

    १७० कम्पनीको सेयर मूल्य घट्दा बजार सूचक दबाबमा परेको हो ।

    यद्यपि, कारोबार रकममा भने सुधार आएको छ ।

    बुधबार ११ अर्बको कारोबार भएकोमा बिहीबार १४ अर्ब ५६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

    आगामी २१ फागुनको निर्वाचन खर्च जुटाउन लगानीकर्ताले सेयर बिक्री बढाएको अनुमान गरिएको छ ।

    बिहीबार ८५ कम्पनीको सेयर मूल्य बढ्दा ७ कम्पनी स्थिर रहे ।

    हिमालय दोलखा र शिवश्री हाइड्रोपावरको सेयर ९ प्रतिशतभन्दा बढीले बढ्यो ।

    समूहगत रूपमा अधिकांश सूचक घट्दा जलविद्युत्, लगानी र सामूहिक लगानी कोष भने सामान्य बढेका छन् ।

    कुल ३२० कम्पनीका ३ करोड ५४ लाख कित्ता सेयर कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images