images
images
  • सुनको भाउ छोइनसक्नु : प्रतितोला ३ लाख १८ हजारभन्दा बढी, चाँदीको कति ? (मूल्यसहित)

    काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ३ लाख १८ हजार ८०० रुपैयाँ पुगेको हो ।

    मंगलबार छापावाल सुनको मूल्य तोलामा ३ लाख ९ हजार ३०० रुपैयाँ रहेको थियो ।

    एकै दिनमा झन्डै ९ हजार ५०० रुपैयाँले वृद्धि भएसँगै सुनको मूल्य ऐतिहासिक उच्च विन्दुमा पुगेको महासंघले जनाएको छ ।

    यसैगरी आज १० ग्राम सुनको मूल्य २ लाख ७३ हजार ३२० रुपैयाँ कायम भएको छ ।

    चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी तोलामा ७ हजार ३०० रुपैयाँ पुगेको छ ।

    अघिल्लो दिन चाँदीको मूल्य तोलामा ६ हजार ८७० रुपैयाँ थियो ।

    महासंघका अनुसार हाल कायम भएको सुन र चाँदीको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images