images
images
  • पर्वतारोहण र ट्रेकिङ क्षेत्रमा फेक रेस्क्यु कम्पनी, ६ जना पक्राउ

    काठमाडौं- पर्वतारोहण र ट्रेकिङ क्षेत्रमा भएको फेक रेस्क्युमा संलग्न आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ६ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा माउन्टेन रेस्क्यु सर्भिस प्रालिका सञ्चालक जयराम रिमाल, म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर्ड सर्भिसका सञ्चालक रविन्द्र अधिकारी र अपरेशन म्यानेजर विवेक राज थपलिया छन् ।

    एभरेष्ट एक्सपेरियन्स एण्ड एसोसिएट्स प्रालिका सञ्चालक मुक्ति पाण्डे र म्यानेजर सुभाष केसी छन् ।

    आरोपीहरूलाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको सीआईबीका एआईजी डा. मनोज केसीले पत्रकार सम्मेलन गरेर जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images