काठमाडौं। बलात्कार गरेको आरोपमा एक जना वडा सचिव पक्राउ परेका छन् । सल्यानको त्रिवेणी गाउँपालिका– ५ का वडा सचिव अमर कालाथोकी १८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेको प्रहरी जनाएको छ ।
उनले युवतीलाई असार १९ गते वडा कार्यालयमा नै बलात्कार गरेको आरोप लागेको छ । युवतीले २४ गते परिवारलाई जानकारी गराएपछि घटना प्रहरीकहाँ पुगेको हो ।
ओरापितलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
प्रकाशित मिति २०७८ असार २८ गते सोमबार ०७:३८