images
images
  • ब्रिटिश कलेजलाई २४ घण्टाभित्र वार्तामा आउन अनेरास्ववियुको अल्टिमेटम

    काठमाडौं-नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले ब्रिटिश कलेजलाई २४ घण्टाभित्र वार्तामा आउन अल्टिमेटम दिएको छ।

    अनेरास्ववियुले मंगलबार विज्ञप्ति जारी गरी कलेज प्रशासनलाई २४ घण्टाभित्र वार्तामा आउन अल्टिमेटम दिँदै पक्राउ परेका आफ्ना नेता–कार्यकर्तालाई रिहा गर्न माग गरेको हो।

    ‘हामी कलेज प्रशासनलाई २४ घण्टाभित्र वार्तामा आउन र प्रहरी प्रशासनलाई शान्तिपूर्ण आन्दोलन गर्दैगर्दा पक्राउ परेका अनेरास्ववियुका साथीहरु जितप्रसाद सिटौला, अन्जली लम्साल (अम्बिका), रूद्रहरी पोखरेल, सुष्मा शाही, मौसम स्याङ्बो, दीपक रेग्मी, अर्चना भट्टराई, रवि मिश्र, दुर्गा घिमिरे, सन्जिव बराइली र आदित्य भण्डारीलाई तत्काल रिहा गर्न जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ।

    ब्रिटिश कलेजमा हुलहुज्जत गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो। पछिल्लो समय कलेजमा देखिएको विवादका बारेमा विरोध गर्दै अनेरास्ववियुका नेता कार्यकर्ताहरूले मंगलबार दिउँसो कलेज पुगेका थिए।

    ‘द ब्रिटिश कलेज’को लापरबाहीले विद्यार्थीको मृत्यु

    aneraswosf sfसिरहा मिर्चैया नगरपालिका स्थायी घर भएका महेन्द्र श्रेष्ठले आफ्नो छोराको मृत्युको जिम्मेवारी काठमाडौंको थापाथलीमा रहेको द ब्रिटिश कलेजले लिनुपर्ने स्पष्ट पारेका छन् । उनले भने,‘कलेजको लापरवाहीकै कारण मेरो छोराको निधन भएको हो । त्यसैले कलेजले जिम्मेवारी लिनुपर्छ ।’

    शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै श्रेष्ठले द ब्रिटिश कलेजमा स्नातक पहिलो वर्षमा अध्ययनरत आफ्नो छोरा गौरव श्रेष्ठको यही फागुन २ गते दुवई शैक्षिक भ्रमणको क्रममा निधन भएको भनेर काठमाडौंस्थित् द ब्रिटिश कलेजका एक जना शिक्षकले सुनाएको जनाए । उनले भने,‘मेरो छोरा कलेजको टुरमा दुवई गएको थियो । तर, दुवईमै निधन भएको दुःखद् खबर कलेजका एक जना शिक्षकले ९८…..२०३ मोवाईल नम्बरबाट फोन गरेर सुनाउनुभएको हो ।’

    छोराको निधन भएको भोलिपल्टै आफू घरबाट काठमाडौं आएको र कलेज प्रशासनसँग कुरा गर्दा उनीहरुले भ्रमणमा सहभागी कलेज प्रशासनका व्यक्तिहरुबाट ठूलो गल्ती भएको भनेर स्विकार गरिएको पनि स्पष्ट पारे । दुवईमा आफ्नो छोरा हराएको ८ घण्टापछिमात्रै कलेजबाट भ्रमणमा सहभागी सदस्यहरुले खोजि गर्नु नै रहस्यमय भएको उनको दाबी छ । उनले भने,‘मेरो छोरा हराएको घण्टौंपछिमात्रै खोजि भएको कुरा बाहिर आएको छ, यो अत्यन्तै दुःखदायी कुरा हो । घट्ना घटेको अन्दाजी ८ घण्टापछि मात्र मेरो छोराको खोजी गर्नु मलाई नाटकीय लाग्छ ।’

    उनले भ्रमण तालिकामै नभएको स्विमिङ कार्यक्रममा विद्यार्थीहरुलाई कलेजले किन सहभागी गरायो ? भन्दै प्रश्नसमेत तेर्साए । उनले आफूले छोराको शव नबुझ्दासम्म कलेजले निकै चासो देखाएको तर दाहसंस्कार गरिसकेपछि कुनै वास्ता नगरेको पनि दुःखेसो पोखे ।उनले अघि थपे,‘वास्ता त गरेन गरेन, कलेजले ममाथि उल्टै अभद्र व्यवहार गर्यो । अपशब्द बोल्यो ।’ उनले कलेजकै लापरवाहीका कारण आफ्नो छोराले अनाहकमा ज्यान गुमाएको गम्भिर आरोप लगाए । उनले भने,‘यस सम्बन्धमा प्रहरी परिसर, टेकु, काठमाडौंमा जाहेरी गरि सक्दापनि प्रहरी प्रशासनबाट कुनैपनि चित्तबुझ्दो पहल भएन् । मलाई यसमा दुःख लागेको छ ।’

    britesh collageभ्रमण दलमा सहभागी कलेजका म्याम रिना श्रेष्ठ र नविना महर्जनको र आफ्नो छोरासँगै समुन्द्रमा पौडी खेल्न गएका साथी निषेश सुवेदीको बयान नै फरक–फरक देखिएको पनि सुनाए ।
    उनले कलेजको जिम्मेवार व्यक्ति सिईओ रजेन कँडेल हाल लण्डनमा रहेको सुनाउँदै तुरुन्त काठमाडौं आई आफूसँग सम्पर्क गरि छलफल गर्नुपर्ने माग गरे । उनले भने,‘कलेजले मसँग तत्काल वार्ता तथा छलफल गर्नुपर्छ । सिईओ अहिले लण्डनमा हुनुहुन्छ । उहाँले मसँग तत्काल छलफल गर्नुपर्छ ।’

    उनले द ब्रिटिश कलेजले व्यापारीकरणको नाममा विद्यार्थीहरुलाई विदेश भ्रमणमा लैजाने गरेको पनि सुनाए । उनले थपे,‘यसतर्फ राज्यले विशेष ध्यान पुर्याउनुपर्छ । कलेजले विद्यार्थीहरुसँग मोटो रकम असुलेर यसरी व्यापारीकरण गरिरहेको छ । यस्तो कलेजको अनुमतिपत्र नै खोस्नुपर्छ । यतातर्फ सरकारको यथाशिघ्र ध्यान जाओस्।’

    आफ्नो छोराको शव घर पठाउँदासमेत कलेजले लापरवाही गरेको उनले आरोप लगाए । उनले सुनाए,‘सुरुमा कलेजले छोराको शब पठाउँछु भन्यो, तर पछि कलेजले फोन गरेर शब बाहनको पैसासमेत मलाई तिर्न भन्यो । पैसा तिर्नु ठूलो कुरा होईन, तर कलेजले अमानवीय व्यवहार देखायो ।’

    यस घटनाको विषयमा के भन्छ द ब्रिटिश कलेज ?

    the british collegeद ब्रिटिश कलेजले हाल सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन माध्यमहरूमा असम्बन्धित विषयहरूलाई मिसाएर अपूर्ण र भ्रामक सामग्रीहरू प्रसारित भइरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    कलेजले स्पष्ट पार्दै भनेको छ कि हाल सबै शैक्षिक कार्यक्रमहरू नियमित रूपमा सञ्चालन भइरहेका छन्। अधिकांश विद्यार्थीहरू कक्षामा सक्रिय सहभागिता जनाउँदै सन्तोषजनक रूपमा अध्ययनरत छन् र कलेज पूर्ण रूपमा सञ्चालनमा रहेको छ।

    द ब्रिटिश कलेज नेपालमा बेलायतस्थित ब्रिटिश एक्रिडिटेसन काउन्सिलबाट मान्यता प्राप्त एकमात्र कलेज हो, जसले बेलायतका अन्तर्राष्ट्रिय रूपमा मान्य तथा प्रतिष्ठित विश्वविद्यालयहरूसँग सहकार्य गरी उच्च गुणस्तरीय शैक्षिक कार्यक्रमहरू प्रदान गर्दै आएको छ। कलेजले विगत वर्षहरूदेखि नेपाल तथा अन्तर्राष्ट्रिय स्तरमा सफल स्नातक तथा विद्यार्थीहरूको ठूलो समुदाय उत्पादन गर्दै आएको जनाएको छ।

    कलेजका अनुसार, केही सीमित व्यक्तिहरूले उठाएका चासोहरू स्थापित संस्थागत प्रक्रिया अन्तर्गत सम्बोधन भइरहेका छन्। यस क्रममा विद्यार्थी सहयोग संयन्त्र प्रयोगमा ल्याइएको र आवश्यक समन्वय शिक्षा मन्त्रालयसँग पनि भइरहेको छ।

    द ब्रिटिश कलेजले सामाजिक सञ्जालमार्फत हुने विवाद वा आरोप–प्रत्यारोपमा संलग्न नहुने स्पष्ट गर्दै सबै सरोकारवालाहरूलाई कानुनी, मर्यादित तथा उपयुक्त माध्यममार्फत आफ्ना विषयहरू उठाउन अनुरोध गरेको छ।

    विद्यार्थी हित, शैक्षिक गुणस्तर र संस्थागत जिम्मेवारीप्रति कलेज पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाउँदै आवश्यक परे थप जानकारी केवल द ब्रिटिश कलेजका आधिकारिक सञ्चार माध्यममार्फत मात्र सार्वजनिक गरिने पनि कलेजले जनाएको छ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images