images
images
  • गण्डकी प्रदेशसभा बैठक: प्रतिपक्ष दल एमालेको अबरोधपछि १ बजे सम्मलाई स्थगित

    पोखरा । गण्डकी प्रदेशसभाको बैठक दिउसो १ बजे सम्मका लागि स्थगित भएको छ । बजेटको विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोध जनाए पछि बैठक अहिले दिउँसो १ बजेसम्मलाई स्थगित भएको छ ।

    सभामुख नेत्रनाथ अधिकारीले बैठक सुरु गर्न साथ एमाले सांसदहरू उठेर विरोध जनाएपछि सभामुखले एमाले सांसद रामशरण बस्नेतलाई बोल्न समय दिएका थिए ।

    त्यसपछि बस्नेतले नयाँ सरकारले बजेट रकमान्तर गरेको र पुराना काम सकिएका योजनाको भुक्तानी रोकेकाले बैठक अवरुद्ध गर्न बाध्य भएको बताए । सांसद बस्नेतले सरकारले पोखराको एउटै वडामा करोडौँ रुपैयाँ विनियोजन गरिएको भन्दै कानुन अनुसार बजेट विनियोजन ठिक नभएको जिकिर गरे ।

    उनले सरकार कति रकम रकमान्तर गरेको हो भन्ने बारे नखुलाएको र के आधारमा योजना छनोट गरिएका हुन् भन्ने बारेमा समेत सरकार मौन रहेकाले बैठक अवरुद्ध गर्न बाध्य भएको बताए । त्यसपछि सभामुखले संसद् १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images