काठमाडौं– पर्सामा बर्दीधारी भारतीय सुरक्षाकर्मी गाडीसहित नेपालतर्फ आएका छन् । उनीहरू भारतीय सीमावर्ती क्षेत्र धोबिनी गाउँपालिका–५ प्रवेश गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका भारतीय सुरक्षाकर्मी गाडी लिएर हतियार भिरेरै हाम्रो भूमिमा शुक्रबार आएका थिए । स्थानीयले अनुमति नलिई किन आएको भनेर प्रश्न गरे पनि उनीहरू जबर्जस्ती गरेर हाम्रो भूमिमा डुले । अनुमति नलिई आएका उनीहरू यहाँको प्रहरी चौकीमा पनि गएर निस्किएको गाउँपालिकाले जनाएको छ ।
भारतीय बर्दीधारी सुरक्षाकर्मीलाई स्थानीयले रोक्ने प्रयास गरेको भिडिओ पनि सार्वजनिक भएको छ । सार्वजनिक भिडिओमा ‘यहाँ यसरी आउनुको के इजाजत छ?’ भन्ने प्रश्न गरेको सुनिन्छ ।
प्रमुख जिल्ला अधिकारीका अनुसार भारतीय सुरक्षाकर्मी हाम्रो प्रहरीसँग समन्वय गरेर फिर्ता भए ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















