images
images
  • एमाले महाधिवेशनमा नो भोटको सदुपयोग, उम्मेदवारले नै गरेनन् मतदान

    काठमाडौं– नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत बुधबार भएको मतदानमा ३६ जना प्रतिनिधिले मतदान गरेनन् ।

    नयाँ नेतृत्व चयनका लागि २२६३ प्रतिनिधिमध्ये २२२७ जनाले मतदान गरेका छन् । ३६ जना भने विभिन्न कारणले मतदानमा सहभागी भएनन् । यतिसम्मकी एक जना उम्मेदवारले नै मतदान गरेनन् ।

    केन्द्रीय सदस्यका उम्मेदवार राजेन्द्र अर्यालले आफैंलाई भोट हालेनन् । गुल्मीबाट प्रतिनिधि भएर आएका अर्यालले ‘नो भोटको समुपयोग’ भन्दै मतदान नगरेको बताएका छन् ।

    अर्याल प्रेस चौतारीका पूर्वअध्यक्ष समेत हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images