काठमाडौं– आइतबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै महँगो भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ तोकेको छ । यसअघि असोज ३१ गते सुनको मूल्यले २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य २ हजार २ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन २ लाख ५६ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
चाँदीको भाउ भने रेकर्ड मूल्यबाट घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च प्रतितोला ३ हजार ९०५ रुपैयाँको उच्चतम रेकर्ड बनाएको चाँदी आज ८० रुपैयाँ घटेको हो । आज प्रतितोला ३ हजार ८२५ रुपैयाँ मूल्य तय भएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















