काठमाडौं– नेपाल राष्ट्र बैंकले आज मंसिर २८ गते आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ ।
यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ १९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३४ पैसा तोकिएको छ ।
त्यसैगरी, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९३ रुपैयाँ ८२ पैसा कायम गरिएको छ ।
अन्य देशको कति ?

प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















