images
images
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलरको खरिद दर १४३ रुपैयाँ ६५ पैसा र बिक्री दर १४४ रुपैयाँ २५ पैसा तोकिएको छ।

    यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९५ रुपैयाँ ८५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०४ रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ ।

    त्यसैगरी, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ १४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९१ रुपैयाँ २० पैसा र बिक्रीदर १९२ रुपैयाँ कायम गरिएको छ ।

    अन्य देशको कति ?

    11 dec

    प्रतिक्रिया दिनुहोस्
    images
    images